१० श्रावण, नेपालगन्ज । बाँके कम्दीस्थित गोकुल सामुदायिक बनका पदाधिकारीले अबैध रुपमा काठ चोरी तथा विक्री वितरणमा सक्रिय देखिएका छन । वन डिभिजन कार्यालयका कर्मचारीको समेत संलग्नतामा बन समुहका पदाधिकारीहरुले खुलेआम अबैध रुपमा काठ चोरी निकासीको कार्य गरिरहेको स्थानीय उपभोक्ताले गुनासो गरेका छन ।

गत साउन १ गतेका दिन गोकुल सामुदायिक बनका अध्यक्ष टुन्नु भन्ने राजेश यादव, सचिव मालती प्रसाद यादव र कोषाध्यक्ष खेमलाल सोनकरलगायतको समुहले कसैलाई जानकारी नदिई लुकी छिपी रुपमा रसिद काटी सिसमको काठ बाँके जानकी गाउँपालिका–६ स्थित श्री शिवशंकर सःमिलमा काठ लगेर चिरान गरिएको प्रत्यक्षदर्शीले बताएका छन ।

उनीहरुले करिब ३६४ क्युफिट सिसमको काठ विक्रीवितरण गरिएको पाइएको छ । समुहले घाटगद्दी गरेको स्थानबाट काठ मिलसम्म पु¥याइ विक्री गरेको छ । बन समुहले आफना नाता गोता र अन्य गैरउपभोक्ताको नाममा केही रसिद काटेर काठ चोरी गरिएको जनाइएको छ । समुहले वनका कर्मचारीसंगको मिलेमतोमा निरन्तर रुपमा काठको चोरी शिकारी गर्दै आएको प्रत्यक्षदर्शी बताउछन ।

यस विषयमा वन डिभिजन कार्यालयसंग बुझ्दा एक अधिकृतले सो बन समुहकै पक्षमा कुरा गर्दै समुहको अन्य विपक्षी रहेकाले उनीहरु गुनासो गरेको प्रतिक्रिया दिएका छन । वन अधिकृत रमेश बुढाथोलीले त्यस घटनाबारे गुनासो तथा उजुरी परेकाले त्यस विषयमा आवश्यक छानविन गर्न थालिएको बताउनुभयो । उहाले छानविनको कुरा गरिरहँदा बन समुहको पक्षमा कुरा गरेपछि मिलेमतोको आंशका गर्न सकिन्छ ।

बन समुहले आफनो विधी विधान र नियमसंग रुपमा काम नगरि चोरी शिकारीमा बढी क्रियाशिल भएपछि उपभोक्ताहरु स्वयम् कारवाहीको माग गर्दै वन कार्यालयमा उजुरी समेत दिएको स्थानीय उपभोक्ता सुर्यलाल यादवले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here