२९ असोज, नेपालगन्ज । प्लान ईन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब, सामाजिक सचेतन सरोकार मंच स्याक र बि ग्रुपको साझेदारिमा आयोजना गरेको दसौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा अब हाम्रो पालो हाम्रो अधिकार हाम्रो भविष्य नारा सहित बारबर्दिया नगरपालिका वडा नं ३ बस्ने बालिका अर्चना चौधरीले एक दिनका लागि श्री ने।रा।मा।बि। बेलुवाबज्या बिधालयको प्रधानाध्यापको भुमिका तथा प्रतिभा थारुले सोहि वडामा रहेको इलाका प्रहरि चौकी बनियाभार रामपुरको प्रहरि निरिक्षकको भुमिका निर्वाह गरेका छन् ।
उक्त कार्यक्रममा इलाका प्रहरि चौकी बनियाभार रामपुरको प्रहरि निरिक्षक हरिहर खड्काले अन्तराष्ट्रिय बालिका दिवशको रुपमा मनाउन गइरहेको गल्स टेक ओभरको अबसरमा यस इकाला प्रहरि कार्यालयको प्रमुख जस्तो गरिमामय पद हस्तान्तरण गर्न पाउनु यस इकाला प्रहरि कार्यलयको लागी खुसी तथा यसको अबसरकोरुपमा लिएको बताए ।
उनले यस इलाका भित्र हुने कुनै पनि घटनाहरुमा युवा महिला बालबालीकाहरुको अबसर तथा आवाजलाइ सुनवाइहुने खालका कामहरु यस इलाकाले गरिरहेको र आगामी दिनमा यस दिवसको अबसरमा प्राप्त भएको ज्ञापन पत्रलाइ आत्मसाथ गरि कार्यान्वयन गर्ने प्रतिबद्दता जनाए ।
साहि अबसरमा श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालयका प्रधानाध्यापक मुकुन्द प्रसाद पौडेलले प्लान इन्टरनेशनल नेपाल र उनका साझेदार सस्थाहरुले शैक्षिक गुणस्तर सुधार गर्न र बालीकाहरुको नियमित बिधालयमा सहभागीताकालागी गरिएका कृयाकलाप सान्दर्भिक तथा उपलब्धीमुलक भएको बताए ।
उनले यस अवसरमा बिधालयमा बालीकाहरुको नेतृत्व बिकास तथा सहभागीताका लागी प्रधानाध्यापकको पदिय जिम्मेवारी हस्तान्तरण गर्न पाउनु बिधालयका लागी अबसरका रुपमा लिएको बताए ।
गत मंगलबारदेखि अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा सहित देशभर १० औं अन्तर्राष्ट्रिय बालिका दिवस साताव्यापी रुपमा मनाईदै छ ।
प्लान इन्टरनेसनलको स्टेट अफ द वल्र्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी र युवा महिलाहरु स्थानीय र राष्ट्रिय दुवै तहमा राजनीतिक सहभागिताको लागि इच्छुक रहेको देखाएको छ ।
सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ ।
रिपोर्ट २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरी २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।
किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी ‘इक्वेल पावर नाउ’ भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here