जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साले निषेधाज्ञाको अवधि पुनः लम्ब्याएको छ ।
बैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको अवधि छैठो पटक थप्दै जेठ ६ गते राति १२ बजेसम्मका लागि लम्ब्याएको डिसिसिएमसीका सदस्य एवम् नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले जानकारी दिए ।
डिसिसिएमसीका संयोजक एवम् पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा आइतवार बसेको बैठकल निषेधाज्ञाको अवधि थपेको हो । विगतको तुलनामा संक्रमण दर घटेपनि निषेधाज्ञा हटाए पुनः  संक्रमण बढ्न सक्ने हुँदा अहिले नै निषेधाज्ञालाई निरन्तरता दिइएको पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।औषधी उपचार एवम् अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न नदिनुका साथै सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, आदी सञ्चालन गर्न दिइने छैन ।

मृत्यु संस्कार, बिवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यमा बढीमा २ वटा सम्म सवारी साधन सोही व्यहोराको ब्यानर प्रयोग गरी प्रयोग गर्न सकिने छ । विवाह, ब्रतबन्ध÷नामाकरण संस्कार जस्ता कार्यको हकमा बढीमा १० जना सम्मको उपस्थितिमा आफ्नै घर वा आफु बसेको स्थानमा स्वास्थ्य सुरक्षाको मापदण्डको परिपालना गरी गर्न सकिने छ । होटेल एवं पार्टी प्यालेसमा यस्ता कार्यक्रम गर्न÷गराउन पाइने छैन ।

अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक एवं नीजि सेवा प्रवाह पन हाललाई स्थगन गरिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here