नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध घुसपैठ हुँदा सुरक्षा चुनौती बढेको महसुस गर्दै नेपाल सरकारले भारत सरकारसमक्ष परिचयपत्रको व्यवस्था प्रस्ताव राख्ने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ ।

सो छलफलमा दुई देशका नागरिक आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने सुझाव आएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले बताउनुभयो।

दुबै देशले एक अर्काको देशमा आवतजावत गर्दा परिचय पत्रको व्यवस्था गर्दा दुबै देशले नागरिकका लागि सहज हुने सुझावका आधारमा गृहकार्य सुरु भएको प्रवक्ता पोखरेलले जनाउनुभयो । पोखरेलका अनुसार त्यसैको पूर्व तयारीका लागि परराष्ट्र मन्त्रालयको समेत सहभागितामा आइतबार साँझ सुरक्षा समितिको बैठक बस्ने निश्चित भएको छ ।

पछिल्लो समयमा अफगानिस्तानमा भएको सत्ता परिवर्तनपछि भारत हुँदै बेलहिया नाकाबाट अफगानी नागरिक नेपाल पसेको पुष्टी भएको छ । त्यसअघि म्यान्मार, इराकलगायत मुलुकका नागरिक शरणार्थीका रूपमा नेपालमा बस्दै आएको पाईएको थियो ।

खुला सीमा नाका प्रयोग गर्दै अफगानिस्तान, म्यान्मारलगायतका मुलुकबाट नेपाल पसेकाहरूले शरणार्थीका रूपमा नेपालमै बसोबास गर्न थालेको भेटिए लगत्तै गृह मन्त्रालयले सरोकारवाला निकायहरूसँग छलफल गरेको थियो। छलफलमा सहभागीहरुले नेपाल–भारत दुवै देशका नागरिकलाई आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने र त्यसका लागि कूटनीतिक पहल थाल्नुपर्ने सुझाव दिएका थिए

अवैध रूपमा नेपाल पसेका अफगानीलगायत विदेशीलाई राष्ट्रसंघको नेपालस्थित शरणार्थी मामिलासम्बन्धी उच्च आयुक्त ९युएनएचसिआर० को कार्यालयले शरणार्थीको परिचयपत्र बनाइदिने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here