दानबहादुर विक । नेपालगन्ज

नेपाल राष्ट्रिय आधारभूत विद्यालय कन्ठीपुरको चार कोठे भवन शिलन्यास गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका–१९ को यो विद्यालयमा मंगलबार बिहान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनसुर खाँले भवनको शिलन्यास गर्नु भएको हो । विद्यालयको आन्तरिक श्रोतबाट २ लाख ६० हजार रुपैयाँ र राष्ट«पति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख रुपैयाँ गरी ३८ लाख ६० हजार रुपैयाँमा भवन निर्माणको काम सुरु भएको अध्यक्ष खाँले जानकारी दिनुभयो । भवन निर्माण कार्य आगामी २० असारभित्र सम्पन्न गर्ने लक्ष्य छ । नेपालगन्ज–१९ का वडाध्यक्ष पशुराम वर्मा प्रमुख अतिथि रहेको शिलन्यास कार्यक्रममा शिक्षक ,शिक्षिका र अविभावकहरुको उपस्थिति रहेको थियोे । विद्यालयको शैक्षिक सुधारका लागि यसै आर्थिक वर्षदेखि १–३ कक्षासम्म अङ्ग्रेजी माध्यमबाट कक्षा सँन्चालन गर्ने तयारी भइरहेको अध्यक्ष खाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here