२ माघ, नेपालगञ्ज । नेपालगञ्जस्थित आदर्श माध्यमिक विद्यालयले बुधबार (भोलि) देखि ’स्पोर्ट्स विक’ गर्दैछ । विद्यालयको बार्षिक खेलकुद कार्यक्रम अन्तर्गत माघ ३ गतेदेखि ५ गतेसम्म ’स्पोर्ट्स विक’ आयोजना गर्न लागिएको हो ।
पाठ्यक्रममा आधारित नियमित अध्यापनसंगै अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यार्थीहरुको लगाब प्रबद्र्धन गर्न विद्यालयले बार्षिकरुपमा ’स्पोर्ट्स विक’ गर्दै आएको सहायक प्राचार्य टंक गौतमले बताए । “शिक्षण सिकाई क्रियाकलापसंगै जीवन विकासको महत्वपूर्ण पक्ष मानिने खेलकुदमा विद्यार्थी भाइवहिनीहरुलाई प्रोत्साहन गर्दै आएका छौं, उनीहरुमा रहेको खेलजन्य प्रतिभा प्रस्फुटनमा यस्ता क्रियाकलापले सघाउ पु¥याउने गर्दछन्,“ गौतमले भने ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल ट्रेनिङ सेन्टरमा खेलकुदका कार्यक्रम हुनेछन् । लंगजम्प, खोखो, व्याडमिन्टन, फूटबल, १०० मिटर दौड, ८०० मिटर दौड, १५०० मिटर दौड, ३००० मिटर दौड, सांगितिक कुर्सी दौड, पिरामिड दौड लगायतका इभेन्ट ’स्पोर्ट्स विक’मा समावेश गरिएको गौतमले जानकारी दिए । पुरुष शिक्षकहरुका लागि फुटबल र महिला शिक्षकका लागि सांगितिक कुर्सी दौड पनि राखिएको छ ।
नेपालगञ्ज–१० सुर्खेतरोडमा अवस्थित आदर्श माध्यमिक विद्यालय यस क्षेत्रको अग्रणी निजी विद्यालय मानिन्छ । अभिभावकहरुको रोजाईमा पर्दै आएको शिक्षण सिकाईमा अब्बल मानिएको आदर्शले अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्टता हासिल गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here