२२ श्रावण, नेपालगञ्ज । कर्बलाका शहीदहरुको सम्झनामा मनाइने इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रम अन्तर्गत आज आगोको मातम गरिने भएको छ । आइतवारदेखि शुरु भएको मोहर्रम पर्व अन्तर्गत विभिन्न कार्यक्रमहरुको आयोजन हुँदै आएको छ । यसै अन्तर्गत आज आगोको मातम गरिने कार्यक्रम रहेको छ । यसैगरि आगामी श्रावण २३ गते राती भाकल राखी पायक भर्ने, ताजियादारी र विभिन्न किसिमको झाँकी गरी राती जाग्राम बस्ने र २४ गते सो ताजिया फुल्टेक्राको कर्बला मैदानमा विसर्जन गर्ने कार्यक्रम रहेको छ । मोहर्रम पर्वमा मुस्लिम समुदायका सुन्नी समुदाय नयाँ वर्षको अवसरमा खुशियालीका साथ मनाउने गर्छन् भने मुस्लिम समुदायका शियाहरु यसलाई दुःखको रुपमा मनाउँदै आएका छन् । शताब्दीयौं अघि ईराकमा यजीद शासकको सेनाले हजरत इमाम हुसैन सहित उनीको परिवार सदस्य, आफन्त र अन्य कैयन साथीहरुको नृशंसतापूर्वक नरसंहार गरेका थिए । विश्व भरी नै विभिन्न तरिकाले मनाइने गरिएको यो मोहर्रम पर्व नेपालगञ्जमा पनि शताब्दीयौंदेखि मनाइँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here