२२ पौष, नेपालगञ्ज । प्रहरीले अवैध भन्सार छलिको करिब एक लाख मूल्य बराबरको सामान (पित्तलको गिलास) बरामद गरेको छ ।
आइतवार करिब ११ः४० बजेको समयमा जिल्ला बाँके नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ३ गौसिया मस्जिद रोड नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरी ल्याई बेवारिसे अवस्थामा रहेको दुई सय वटा करिब एक लाख मूल्य बराबरको पित्तलको गिलास वडा प्रहरी कार्यालय, नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।
थप कारवाहीका लागि बरामद गरिएको पित्तलको गिलास नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको वडा प्रहरी कार्यालय, नेपालगञ्जले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here