Home ब्यानर देशभर २७ प्रतिशत रोपाई देशभर २७ प्रतिशत रोपाई Aman Hussain - June 29, 2021 0 455 FacebookTwitterPinterestWhatsApp बाँके,असार १५ गते । असारको मध्यसम्म आइपुग्दा देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । सोमबार साँझसम्म देशभर २७.१२ प्रतिशत भूभागमा धान रोपाई भएको छ जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम हो । कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलकाअनुसार असार १४ गतेसम्म देशभर झण्डै तीन लाख ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।गत वर्ष यो अवधिमा चार लाख ८६ हजार हेक्टरमा धान रोपाइँ सकिएको थियो । बर्खा याममा नेपालभर १३ लाख ७१ हजार ७ हेक्टरमा धान खेती हुने पनि उनले जानकारी दिए ।सयममै मनसुन सुरु भएको छ र मल बिउको उपलब्धताका कारण देशभर यसवर्ष रोपाइँ उल्लासमय रहेको विभागको दाबी छ । देशभरका ७७ जिल्लामध्ये रामेछापमा यस वर्ष कम पानी परेका कारण रोपाइँमा ढिलाइ भएको गुनासो विभागमा आएको छ । अन्य जिल्लाहरुमा भने रोपाइँ नियमित रुपमा चलिरहेको विभागको भनाइ छ ।कुल धान उत्पादनको झण्डै ७५ प्रतिशत हिस्सा ओगट्ने प्रदेश दुईमा भर्खर रोपाइँ सुरु भएको विभागले जनाएको छ । कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ भने प्रदेश दुईमा सबैभन्दा कम १० प्रतिशत क्षेत्रधफलमा मात्रै रोपाइँ सकिएको छ । लाइभपाटी RELATED ARTICLESMORE FROM AUTHOR पूर्व मन्त्री अब्दुल खानलाई भव्यताका साथ स्वागत ६९औं प्रहरी दिवस–२०८१ भव्यताका साथ मनाइयो दुर्गा प्रतिमाहरु नदीमा विसर्जन LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment. युनेस्कोद्धारा बर्दियाको ठाकुरबाबामा संवाद कार्यक्रम सम्पन्न जानकीमा एम्बुुुलेन्स भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै राम जानकी विवाह महोत्सव धूमधामका साथ मनाइँदै कतार च्यारिटीद्धारा दिईएको तीन महिने सिलाई कटाई तालिम सम्पन्न, मेसिनसहित सामाग्री...