• मनोज कुमार कौशल
    नेपालगञ्ज/नेपालगञ्ज मुस्लिम समाज बाँकेले वडा नं. १३ बुलबुलिया शम्शानघाट पछाडि सञ्चालित एक दृष्टिहीन संस्थालाई खाद्यान्न राहत र नगद राशि वितरण गरेको छ ।
    समाजको चरणबद्ध कार्यक्रम केही दिनको लागि रोकिएपनि आवश्यकता र माग अनुसार खाद्यान्न राहत समाग्री वितरण कार्यक्रम जारी छ । शम्शानघाट पछाडि दृष्टिहीनहरुको संस्थामा करिब ८ जना दृष्टिहीनहरु छन् । लकडाउनको कारण उनी दृष्टिहीनहरुलाई बिचल्लीमा परेका थिए । उनीहरु बिचल्लीमा रहेको देखेर समाजले त्यहाँ राहत र नगद रकम गत सोमवार दिन वितरण गरेको कुरा समाजका पदाधिकारी अब्दुल जलील मन्सुरी मुन्नाले यस आजको सामनालाई जानकारी गराउनु भएको छ ।
    उक्त राहत वितरण कार्यक्रममा अब्दुल जलील मन्सुरी मुन्ना, हाजी अब्दुल हकीम हलवाई, मुस्ताक अन्सारी, फिरोज वारसी, लुकमान अन्सारी, मो. जियाउल हक हलवाई, मेराज अहमद हलवाई हिमालय, मो. सलीम हलवाई बाबु नेता, इरफान अहमद सिद्दीकी, मो. रहिस हलवाई, मुबारक अली राई, अब्दुल वाहिद हलवाई, मो. सगीर हलवाई, जमील अहमद जसगढ, वकील बोक्सर, शाहिदा शाह वाहिदी, हाजी अनीस अन्सारी, मो. इशहाक सिद्दीकी, शारिक अली सलमानी, नफीस अन्सारी, अब्दुल माबुद बागवान, हाजी रज्जब अली अन्सारी, हाजी शकील जसगढ, फरजन्द हलवाई, हाजी मोबिन हलवाई, करीम खान तथा सत्तार खान लगायतको उपस्थिति रहेको थियो । l
सायद एक वा थप मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here