Home ब्यानर वडाअध्यक्ष गुप्तामाथी हातपात, तीन जना पक्राउ वडाअध्यक्ष गुप्तामाथी हातपात, तीन जना पक्राउ Aman Hussain - June 15, 2021 0 482 FacebookTwitterPinterestWhatsApp नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष सुरेन्द्र गुप्तामाथि हातपात भएको छ । त्रिभुवन चोकमा रहेको संगमरमर मन्दिरको रेलिङ लगाउने क्रममा स्थानीय व्यक्तिहरुले वडाअध्यक्ष गुप्तामाथि हातपात गरेका हुन् । उहाँको टाउकोमा चोट लागेको बताइएको छ ।वडाअध्यक्ष गुप्तामाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिभुवन चोकका राजु वैश्य, गणेश वैश्य, शिव शंकर वैश्य रहेका छन् ।उनीहरुमाथि थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिनु भयो । वडा कार्यालयले मन्दिरको सुरक्षाका लागि रेलिङ लगाउने निर्णय गरेको थियो । वडा कार्यालयबाट पाँच लाख रुपैयाँ निकासा गरेर रेलिङ लगाउने काम सुरु भएको थियोहातपातमा संलग्न व्यक्तिहरुले आफुहरुलाई जानकारी नदिएर वडाअध्यक्षले रेलिङ लगाउने काम गरेको दावी गरेका छन् । तर वडाअध्यक्ष गुप्ताले भने सार्वजनिक सूचना नै टाँसेर रेलिङ लगाउने काम सुरु गरिएको बताउनुभएको छ । रेलिङ नहुँदा मन्दिरमा पशुचौपायाँ गएर शौच गर्ने गरेका थिए । त्यहीबाट जोगाउन रेलिङ लगाउने निर्णय वडा कार्यालयले गरेको RELATED ARTICLESMORE FROM AUTHOR विश्व बाल दिवसमा मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न बर्दियाको ठाकुरबाबामा पाँच दिने जीवन सीप विकास तालिम सञ्चालन बर्दियाको राजापुरमा व्यवसायिक सीप र साना उद्यमशीलता क्षमता विकास तालिम सञ्चालन LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment. बालबिज्यांईकर्ताहरुको विशेषज्ञद्वारा स्वास्थ्य उपचार नेपालगञ्जमा युवा संघको राष्ट्रिय महाधिवेशन तयारी कसौधन वैश्य समाजले अंजनी माता रसोइ लाई खाद्यान्न सहयोग गरेको छ। बर्दियाको राजापुरका युवतिहरुलाई फोहोरलाई मोहर तालिम प्रदान नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई हतियार तथा एम्युनिशन हस्तान्तरण