बर्दिया । बर्दियाको बढैयाताल र राजापुरमा सञ्चालन गरिएको ‘बाल विवाह चाडै तथा जबरजस्ती गरिने विवाह रोकथाम’ परियोजनाको बाँके युनेस्को क्लबको उच्चस्तरीय व्यवस्थापनद्धारा स्थलगत अनुगमन गरिको छ । 

सो क्रममा बढैयाताल गाउँपालिका २ को सरस्वती माध्यामिक विद्यालय र राजापुर नगरपालिका ६ टपरास्थित मानपुर माध्यामिक विद्यालयको स्थलगत अनुगमन गरेर दुबै विद्यालयका व्यवस्थापन समिति र प्रधानाध्यापकसंग छलफल समेत गरिएको क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले बताउनुभयो । 

प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको ‘बाल विवाह चाडै तथा जबरजस्ती गरिने विवाह रोकथाम’ परियोजना अन्तर्गत ती दुबै विद्यालयमा छात्राहरुको महिनावारीको समयमा असहज परिस्थितीमा विश्राम गर्न बनाईएको विश्राम कक्ष र सेनेटरी प्याडको व्यवस्थापनका लागि निर्माण गरिएको डिस्पोजलस्थलको अनुगमन गरिएको थियो । 

सो अनुगमनमा क्लबका संरक्षक प्रवेज अली सिद्दिकी, अध्यक्ष राजेन्द्र चौधरी, कार्यकारी निर्देशक रवि तुलाधर, कार्यसमितीका सदस्य फिरदौस जहाँ र पत्रकारहरुको सहभागिता रहेको थियो । 

बढैयाताल २ स्थित सरस्वती माध्यामिक विद्यालयमा गरिएको छलफलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम सुवेदी र प्रधानाध्यापक ढाकाराम लामिछाने लगायत अन्य शिक्षक तथा व्यवस्थापन समितिका सदस्यहरुको सहभागिता रहेको थियो । 

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले छात्राहरुको विश्राम कक्ष र सेनेटरी प्याडको व्यवस्थापन गर्ने डिस्पोजलस्थलको निर्माणबाट छात्रालाई धेरै सहज हुने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक लामिछानेले सो का लागि युनेस्को र प्लानप्रति आभार व्यक्त गर्नुभएको थियो । 

सोही प्रकारले अनुगमन टोलीले राजापुर नगरपालिका ६ टपरास्थित मानपुर माध्यामिक विद्यालयमा पनि छात्राहरुको विश्राम कक्ष र सेनेटरी प्याडको व्यवस्थापन गर्ने डिस्पोजलस्थल निर्माणको अनुगमन गरेर छलफल गरेको थियो । 

छलफलको क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाराम चौधरी र प्रधानाध्यापक मोहन कुमार चौधरीले विद्यालयको अवस्था तथा बालबालिकाको शैक्षिक गुणस्तर लगायत विश्राम कक्ष र डिस्पोजलस्थल निर्माणको अवस्था बारे जानकारी गराउनु भएको थियो । 

सो अवसरमा विद्यालय नआउने र विद्यालय छाडेका विद्यार्थिको अवस्था र कारण लगायत महिनावारी स्वच्छताका बारेमा समेत छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here