लुम्बिनी प्रदेश सरकारले प्रस्ताव गरेको आमसञ्चार सम्बन्धी विधेयक पत्रकारमैत्री नभएको भन्दै सचाउन माग गरिएको छ । प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी विधेयक आएको भन्दै तत्काल सच्चाउन माग गरिएको छ ।

अनलाइन पत्रकार संघ बाँकेका अध्यक्ष कमल न्यौपाने, उपाध्यक्ष जावेद अनसारी, सचिव रामु ओलीले उक्त विधेयक तत्काल नसच्चाइए आन्दोलनको चेतावनी दिनुभएको छ । सरकारले आफैं सञ्चारमाध्यम सञ्चालन गर्ने, सञ्चारकर्मीलाई आफ्नै पास अनिवार्य गर्ने, फौजदारी अभियोगमा मुद्दा चलाउन सक्ने जस्ता दफाको व्यवस्थासहितको विधेयक संस्दमा प्रस्ताव गरेको छ ।

नेपाली प्रेसमाथि अंकुश लगाउने नियत अनुसार प्रदेश सरकारले ल्याउने तयारी गरेको उक्त विधेयक सरासर गलत भएको अनलाइन पत्रकार संघका अध्यक्ष कमल न्यौपानेले बताउनुभयो । उहाँले तत्काल उक्त विधेयक सच्चाउन आग्रह गर्नुभयो ।

संघका उपाध्यक्ष अनसारीले उक्त प्रस्ताव नेपाली पत्रकारीता र पत्रकारको हित विपरित भएकोले सच्चयाउन माग गर्नुभयो । उहाँले प्रदेश काउन्सिलको अध्यक्ष मन्त्री र सदस्यमा सरकारका कर्मचारी हुन नहुने बताउनुभयो ।

दर्तावाल सन्चार माध्यम समाचार लेखेकै कारण खारेज हुने र पत्रकारलाई कारवाही गर्ने भन्ने कुराको संघले घोर भत्सर्ना गरेको छ । पत्रकारका अन्य संघसंस्थाहरुले भने उक्त विधेयक त्रुटिपूर्ण रहेको बताएका छन् ।अनलाइन पत्रकार संघ बाँके

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here