Home ब्यानर बाँकेमा कोभिड संक्रमित थप तीनजनाको मृत्यु बाँकेमा कोभिड संक्रमित थप तीनजनाको मृत्यु Aman Hussain - June 8, 2021 0 329 FacebookTwitterPinterestWhatsApp नेपालगन्ज: बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप तीनजनाको मृत्यु भएको छ ।संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा दुईजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप तीनजनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।उहाँका अनुसार उपचारका क्रममा बढैयाताल गाउँपालिका-४ बर्दियाका ६१ वर्षीय पुरुष, कोहलपुर नगरपालिका-११ का ६५ वर्षीय पुरुष र लमही नगरपालिका-८ दाङका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।योसँगै बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका ३२१ जना र जिल्लाकै ३०३ जनाको मृत्यु भएको छ । संक्रमण र मृत्यु दर बाँकेमा निरन्तर ओरालो लागिरहेको छ ।कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रशासनले जारी निषेधाज्ञा भने अझै लम्बिरहेको छ । RELATED ARTICLESMORE FROM AUTHOR पूर्व मन्त्री अब्दुल खानलाई भव्यताका साथ स्वागत ६९औं प्रहरी दिवस–२०८१ भव्यताका साथ मनाइयो दुर्गा प्रतिमाहरु नदीमा विसर्जन LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment. १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक, वैदेशिक ऋण ३... हामी मतदातालाई सपना होइन विकासका योजना बाँड्छौंः मो. इश्तियाक राई रसुवागढी नाकाबाट पहिलो पटक जुम क्रेन आयात नेपाली कांग्रेस बाँकेमा पाँचजना निर्विरोध लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ