साहू समाज जिल्ला कार्य समिति नेपालगन्ज (बाँके) ले जेष्ठ २९ गते शनिवार रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

साहू समाज जिल्ला कार्य समिति र साहू समाज युवा जिल्ला समितिको बैठकमा रक्तदान कार्यक्रम आयोजन गर्ने निर्णय गरेको हो । अध्यक्ष हंस राम साहूको अध्यक्षता भएको बैठकमा कोरोना महामारीको बेलामा आवश्यक रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष शाहुले जनाएको छ ।

अहिलेको समयमा आम नागरिकलाई समेतको रगतको आवश्यकता पूरा गर्न सके जति सहयोग गर्दै जाने कार्यमा साहु समाज सधै तयार हुने बताएका हुन । साहू समाजका युवाहरुलाई अग्रसर हुँदै जाने र युवा जागरुक भए मात्र देश आगाडि बढने बताए । देश र समाजका लागि युवाहरूको मुख्य भुमिका हुने गरेको छ । रक्तदान जीवनदान हो भन्दै युवाहरु आफू र आफ्नो इस्टमित्र हरुलाई आयोजना गर्न लागेको रक्तदान कार्यक्रम सहभागीता लागि आयोजकले आग्रह गरेको छ ।

आयोजकले रगत दान गर्नेलाई खाना, फल, गुलुकोष, फ्रूटी, टिसर्ट , गम्छा सहित सम्मान पत्र प्रदान गरिने छ । संयोजक प्रदीप शाह ले जानकारी दिनु भयो को छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here