काठमाडौँ,जेठ २४ गते । एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साइकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना प्रस्तुत गरेको छ ।


स्वच्छ सफा र हराभरा वातावरण प्रति प्रतिवद्धता देखाउँदै एनएमबि बैंकले यस विश्व वातावरण दिवसको अवसरमा आफ्नो क्रेडिट कार्डहरु वा एनएमबि सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुको साथै ८० प्रतिशत सम्म फाइनान्सिङ, ७ वर्ष कर्जा अवधी, प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुटको अफर ल्याएको हो ।


साथै, एनएमबि बैंक लिमिटेड र माउन्टेन बाइक विक्रेताहरु बीच जुन महिना भरी ० प्रतिशत ईएमआईमा शुन्य सदस्यता शुल्क र वार्षिक शुल्कमै साइकल बुक वा खरीद गर्न सकिने योजना पनि प्रस्तुत गरेको छ ।


यस अन्तर्गत एनएमबिका ग्राहकहरुले एपिक माउन्टेन बाइक झम्सिखेल, ग्राभिटि नेपाल झम्सिखेल, हिमालयन सिङ्गल ट्रेक ठमेल, काठमाडौं बाइक स्टेशन पानी पोखरी, साइकल ल्याण्ड, काठमाडौंबाट माउन्टेन बाईकहरु ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत २४ महिनासम्मको सरल किस्ताबन्दीमा खरीद गर्न सक्ने बैंकले जनाएको छ ।


वातावरणीय संरक्षण र ग्राहकहरुको आवश्यकतालाई सघाउ पु¥याउने कार्यलाई प्रवर्धन गर्न बैंकले नयाँ सुविधाहरु प्रस्तुत गरेको हो । हाम्रो पर्यावरण भावी पुस्तालाई सुरक्षित तबरले हस्तान्तरण गर्न हाम्रो आफ्नै प्रयासले मात्र सक्षम हुनेछ भन्ने सन्देश एनएमबि बैंकले दिएको छ ।


बैंक ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गको सदस्यको नाताले शुन्य कार्वन उत्सर्जनको लागी वातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्ध रही आफ्ना ग्राहकहरुको आवश्यकता सम्बोधन गर्न उपरोक्त प्रयास गरिएको हो । 
 

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here