बाँके जेठ २३ गते ।
बर्खायाम सुरु भएसँगै बाँकेको राप्ती नदी तटिय क्षेत्रका कटान सुरु भएको छ । डुडुवा गाउँपालिका, राप्तीसोनाी गाउँपालिका र नरैनापुर गाउँपालिकाका तटिय क्षेत्रमा बर्खायामसँगै बर्सेनि कटान हुने गरेको छ ।
राप्तीनदीमा आउने बाढीका कारण वर्सेनि हुने कटान रोक्न स्थानीयबासीले सम्बद्ध सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै आएका छन् । तटिय क्षेत्रका बासिन्दाबाट राप्तीनदीले कटान गरेको गुनासो आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल नेतृत्वको सुरक्षाकर्मीको टोलीले अनुगमन गरेको छ ।
राप्तीसोनारी गाउँपालिका क्षेत्रमा पुगेर गेलाल नेतृत्वको टोलीले पालिकाका अध्यक्ष लाहराम थारु, वडाअध्यक्षहरु र स्थानीयबासीसँग छलफल गरेको छ । तटिय क्षेत्रमा हुने कटान रोक्न गर्नुपर्ने काम, बाढीपूर्वतयारीका लागि आवश्यक योजना र उद्धार तथा राहतका सवालमा छलफल गरिएको बाँकेका एसपी ओम बहादुर राणाले जानकारी दिनुभयो ।
उहाँका अनुसार, त्यसका लागि प्रहरीले बाढीपूर्वको तयारी गरिसकेको छ । राहत र उद्धारका लागि तयारी अवस्थामा राखिएको पनि उहाँको भनाइ छ । राप्तीसोनारी गाउँपालिका १ कुसुममा पुगेर टोलीले छलफल गरेको हो ।
अनुगमनमा सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बम, अनुसन्धानका एसपी नरेन्द्र गिरी, कोहलपुरका डिएसपी रबिन्द्र खनाल, जिल्ला ट्राफिक प्रमुख राजु भण्डारीलगायतको सहभागिता रहेको थियो । बर्खायाम आउन थालेपछि त्यही अनुसारको तयारीमा सरोकारवाला लागि परेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here