काठमाडौं, २२ जेठ । विगत चार वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा भारी मत अन्तरले उपमेयरमा पराजित भएकी रेणुका गुरूङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी छिन्। 

टोखा नगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)की ज्ञानमाया डंगोलले निर्वाचनमा आठ हजार ९८ मत पाएकी थिइन् भने गुरुङ्गले जम्मा ९९ मत पाएकी थिईन्।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उनी काठमाडौंको टोखा नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी थिइन्। तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट उम्मेदवार बनेकी गुरूङले उपप्रमुखमा ९९ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ।

शुक्रबार गुरूङलाई प्रधानमन्त्री ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त गरेका हुन्। उनले शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्।

नवनियुक्त राज्यमन्त्री गुरूङ राजनीतिमा लागेको पनि चार वर्षमात्रै भएको छ। उनी स्थानीय तहको निर्वाचन अघि फोरमको टोखा नगर कमिटी अध्यक्ष बनेकी थिइन्।

उपप्रमुखमा पराजित गुरूङलाई फोरमले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार बनाएको थियो। उनी समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनेकी थिइन्।

जनता समाजवादी पार्टी (जसपा)मा अध्यक्ष उपेन्द्र यादव पक्षकी उनले पछिल्लो समय अर्का अध्यक्ष महन्थ ठाकुरलाई सघाएकी थिइन्। यादव पक्षलाई छोडेर आएकाले नै उनलाई राज्यमन्त्री बनाइएको ठाकुर पक्षको भनाइ छ।

उनी जसपा एकीकरण हुनुअघि फोरमलाई फुटाउने ६ जना सांसद मध्ये गुरुङ्ग पनि थिइन्। त्यतिबेला प्रधानमन्त्री ओलीले फोरमलाई फुटाउनका लागि दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए।

गुरूङ सहित ६ जना सांसदले फोरम फुटाउन लागेपछि रातारात राष्ट्रिय जनता पार्टीसँग एकीकरण गरेर जसपा बनाइएको थियो। अहिले जसपा पनि विभाजनको संघारमा पुगेको छ।

शक्तिको आडमा बाटोमा पर्खाल 

सुनसरीको रामधुनी नगरपालिका–६ बकलौरीकी गुरूङ हाल काठमाडौंमा बस्दै आएकी छिन्। नेपाल मानव कल्याण संगठन र दिगो विकास केन्द्रकी अध्यक्ष रहिसकेकी उनले रामधुनी नगरपालिका वडा नम्बर ६ मा विगत ५० बर्ष भन्दा लामो समय देखि चलिरहेको सडकलाई सेनाको आडमा कब्जा गरेर पर्खाल लगाएकी छन्।

श्रीमान नेपाली सेनामा रहँदा सिपाहीलाई घरायसी काममा लगाएर दुरुपयोग गरेको आरोप लाग्ने गरेकी उनले सेना प्रयोग गरेर सर्वसाधारणलाई आतंकित बनाउदै लगाएको पर्खाल शक्तिको आडमा अहिले पनि उक्त सडकमा ठडिएको रामधुनी बकलौरीका स्थानीय बताउँछन्।

बिगत पाँच दशकभन्दा लामो समयदेखि प्रयोगमा रहेको बकलौरी बजार प्रवेश गर्ने मुल सडक गुरुङ्गले कब्जा गरेर बन्द गराएपछि स्थानीयवासीले गुरुङ्ग विरुद्द आन्दोलन गरेका थिए।

बकलौरीका स्थानीयवासी भन्छन्, ‘सांसद मात्र हुँदा शक्तिको त्यसो दुरुपयोग गर्ने यीनले राज्यमन्त्री नै भएपछी तान्डब नै देखाउलिन !’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here