मनोज कुमार कौशल

जेष्ठ १८ गते।काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले सूर्य चिन्हबाट चुनाव लडेको हृदयेश त्रिपाठी समूहसँग पार्टी एकीकरण गर्ने भएको छ । त्रिपाठी पुरानै घरमा फर्किने निश्चित भएको हो । अध्यक्ष उपेन्द्र यादवलाई पार्टी निष्काशित गरेलगत्तै त्रिपाठी पुरानै पार्टीमा फर्किन तयार भएका छन् ।
हाल सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहमा केन्द्रमात्रै दुई सांसद छन् । व्रिजेश गुप्ता पनि उनकै समूहका सांसद हुन् । विभिन्न प्रदेशमा पनि सांसदहरु र कमिटी छ । एकीकरण गरेर नयाँ दल दर्ता गर्न नेताहरु छलफलमा रहेको बताइएको छ । विगतमा ठाकुर त्रिपाठीले तत्काली तमलोपामा सँगै थिए । राजपा बनाउँदा असन्तुष्ट जनाएर त्रिपाठीले स्वतन्त्र समूह बनाई निर्वाचन लडेका थिए । अहिले फेरि ठाकुरकै सारथी बन्न आइपुगेका हुन् । ठाकुरले पुराना मित्र त्रिपाठीको समूहसँग एक भएर नयाँ पार्टी बनाउनका लागि पहल थालेका हुन् । नयाँ दल बनाउन जसपाबाट ठाकुर, राजेन्द्र महतोसहितका नेताहरू र त्रिपाठी समूहबाट त्रिपाठीसहितका नेताहरू निरन्तर छलफलमा छन् । छलफल मंगलवार पनि भएको स्रोतले जानकारी दियो । ठाकुर र त्रिपाठीको एकताले जसपा अझै मजबुद बन्ने र मधेस विरोधी गतिविधिमा लागेका उपेन्द्र यादवलाई काउन्टर दिने रणनीत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here