बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे ४१४० मतभारसहित विजयी भएका छन् ।

आज दाङमा सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनको परिणाम अनुसार नेपाली कांग्रेस सहितको गठबन्धनका उम्‍मेदवार पाण्डे विजयी भएका हुन् ।

कांग्रेसका पाण्‍डेले १६० मत पाए भने एमालेका खड्काले १२३ मत पाए । पाण्डेले प्रदेशसभातर्फ ४२ मत प्राप्त गरेका छन् । यसको मतभार २०१६ हुन्छ । यस्तै स्थानीयतर्फ ११८ मत प्राप्त गरेका छन् । यसको मतभार २१२४ हुन्छ । कुल ४१४० मतभारसहित पाण्डे विजयी भएका हुन् ।

पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो । पाण्डेले सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् ।

कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ जनाले मत खसेको थियो । बाँकेको नेपालगञ्ज उपमहानगरका मेयर धवलशंसेर राणा, बांकेकै नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह र गुल्मीको गुल्मीदरवार गाउपालिकाका अध्यक्ष अशोक थापाले मतदानमा सहभागी भएनन् ।

नेपालगन्जमा मेयर राणाले घोषणा गरेर नै मतदान बहिस्कार गरेका थिए भने अन्य २ जना अस्वस्थाका कारण मतदान गर्न नआएको बताईएको छ । शाहको लखनउमा उपचार भईरहेको र थापाको काठमाडौमा उपचार चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here