नोभल कोरोना भाइरस कोभिड–१९ आएको ३ वर्ष व्यतीत भइरहेको छ यो भाइरसको संक्रमणबाट विश्वमा अहिलेसम्म ३५ लाख १२ हजार ७ सय १७ जनाको मृत्यु भइसकेको छ र १७ करोड भन्दा बढी अहिले संक्रमित छन् दोस्रो चरणमा आएको यो भाइरसले पनि अहिले विश्वको अनगिनत व्यक्तिको ज्यान लिई रहेको छ । आज पनि तमाम व्यक्ति संक्रमित भई जीवन मृत्युसँग संघर्ष गरी रहेका छन् यसको अन्त यहीं देखिँदैन किनकी अहिलेसम्म विश्वको कतिपय राष्ट यो कोरोना भाइरस भन्दा पनि शक्तिशाली भाइरस तयार गरी सकेका छन् ।
यस्ता भाइरसहरु आगामी समय जैविक युद्धको लागि तयार पारी राखिएका हुन् । छिमेकी देश चीनको वुहानबाट फैलियो यस कारण चीनको सम्पूर्ण विश्वमा आलोचना भइ रहेको छ । अमेरिका, रुस लगायत राष्टले कति भाइरस बनाएर राखेका छन् यसबारे हामीले सोच्ने मौका नै पाएका छैनौं । हामी चीनतर्फ मात्र शंकाले हेरी रहेका छौं किनकी सम्पूर्ण विश्वमाथि आर्थिक रुपले कब्जा गर्न त्यसले ३२२ भन्दा बढी भाइरस विभिन्न जीवजन्तु पंक्षीको स्वाब संकलन गरी निकाल्यो र त्यसले तमाम भाइरस बनाउने कार्यमा सफल भयो ।
चीनको वुहानमा चमेरोहरुको धेरै टाढा बसोबास छ यो भाइरस त्यहाँको जैविक प्रयोगशालामा कसरी आयो यस कुराको अनुसन्धान वैज्ञानिकहरुले गरी रहेका छन् तर चीन यस्तो अनुसन्धानमा सधैं बाधा अवरोध खडा गर्दै आएको छ । अमेरिका र डब्लुएचओका वैज्ञानिकहरुले वुहान लैबको अनुसन्धान गर्न खोज्दा चीनले सो अनुसन्धान गर्न रोक्यो डब्लुएचओलाई त आफ्नो अनुचित प्रभावमा पा¥यो र त्यसले चीनलाई क्लिन चिट दियो जसको कारण प्रत्यक्ष रुपमा वुहानको जैविक प्रयोगशालाको अनुसन्धान हुन पाएको छैन तर अनुमान अनुसार यो कोरोना भाइरस २०१९ मा नै देखा परेको थियो अमेरिकाका वैज्ञानिक त्यहाँ अनुसन्धान गर्न पुग्दा चीनले उनी वैज्ञानिकलाई अनुसन्धान गर्न दिएन यस क्रममा अमेरिकाका ४ जना वैज्ञानिक सोही समय कोरोना भाइरसबाट संक्रमित बनेका थिए ।
चीनले सोही समय विश्व समुदायलाई आफ्नो यहाँबाट कोरोना भाइरस फैलेको सूचना दिन्थ्यो भने यति भारी संख्यामा व्यक्तिको मृत्यु हुने थिएन न त विश्व अनाहकमा यति दुःख नै पाउने थियो । यो सबै कार्य चीनले धेरै होशियारीको साथ गरेको थियो त्यसको एउटा ठूलो चाहना विगत दिनदेखि छ सम्पूर्ण विश्वमाथि आर्थिक रुपले कब्जा गर्ने । त्यसै कारण त्यसले थुप्रै भाइरस लुकीछिपी ढंगले तयार पा–यो र एउटा भाइरस चलाखीले फैलायो । जैविक हतियार त्यस्तो अस्त्र हो जसलाई सजिलै पत्ता लगाउन सकिँदैन त्यसलाई कसले फैलायो यो जान्न बुझ्न गाह्रो हुन्छ । १ ग्राम भाइरस हावा वा पानीमा मिसावट गरे सम्पूर्ण विश्व यसबाट त्राहिमाम बन्छ ।
चीनले आफूद्वारा उत्पादन गरिएको सबै भाइरसको नियन्त्रण गर्ने प्रविधि तयार पारी सकेकोले त्यसको त्यहाँ यो कोरोना भाइरसको कुनै प्रभाव छैन तर जो यो भाइरसबाट अनभिज्ञ थियो त्यो राष्ट्र यो एउटा अदृश्य भाइरसबाट त्रस्त छन् । चीनको प्रतिद्वन्दी यस भाइरसमाथि नियन्त्रण पाउन आफ्नो सबै नै ध्यान केन्द्रित गरेका छन् यसका कारण उनीको इकोनोमी नै बर्बाद भएको छ । यही कुराको फाइदा अहिले चीन उठाई रहेका छ । तमाम राष्टको अर्थव्यवस्था बिग्रिएको छ तर चीन आर्थिक रुपले अझ समृद्ध बन्दैछ यही स्थिति धेरै दिनसम्म कायम रही रहने हो भने आगामी समय चीन सबै भन्दा शक्तिशाली राष्ट्रको रुपमा स्थापित हुनेछ । चीन अब यहींसम्म रुक्दैन तमाम जुक्ति लगाएर कोरोनामाथि नियन्त्रण गरी हालियो भने कुनै अर्काे भाइरस फैलाउन चुक्दैन यसको डर चाहिँ रही रहन्छ । मानवको लागि सबै भन्दा महत्वपूर्ण पदार्थ हो जल । यो जल चीनको तिब्बतबाट हुँदै भारतमा पुग्छ ब्रम्हपुत्र गंगा नदीको रुपमा यो रुपान्तरित हुन्छ मानौं चीनले आफ्नो यहाँको जलमा १ ग्राम भाइरस प्रवाहित गरी दियो भने गंगा नदी, ब्रम्हपुत्र नदी लगायतको जल भाइरसबाट संक्रमित बन्छ यस जलको ग्रहणबाट अनगिनत व्यक्ति संक्रमित भइ ज्यान गुमाउने छन् यस कारण अहिले यो समय धेरै नै संकटपूर्ण छ । वायुलाई छाडौं जल पनि अब संक्रमित बन्ने प्रबल सम्भावना छ । आगामी समय हुने तेस्रो विश्व युद्ध बम बारुदले होइन बरु थोरै भाइरसबाट सम्पूर्ण विश्वलाई बर्बाद पार्न सकिन्छ ।
यस कुराको तयारी चीनले गरी सकेको छ । कोरोना भाइरसको रिसाव गरी त्यसले एक प्रकारले तेस्रो विश्व युद्ध छेडी सकेको छ अहिलेसम्म सबै शतरंजको गोटी चीनको हातमा छ यस कारण अब मानव हित चाहने विश्वको शक्तिशाली राष्ट्रहरु चीनको कुटील नीतिलाई असफल पार्न एकताबद्ध हुनुपर्ने जरुरी भई सकेको छ किनकी चीनले आफ्नो शत्रु राष्ट्र के मित्र राष्ट्रको पनि कोरोनाबाट हानी नोक्सानी गर्न चुकेको छैन । अमेरिका, भारत त्यसको प्रबल शत्रु राष्ट्र हो तर रुस, पाकिस्तान, बाँग्लादेश, इरान, नेपाल लगायत देश त्यसको शत्रु पक्कै पनि होइनन् तर आर्थिक रुपले समृद्धशाली बन्न कसैको हानी नोक्सानी गर्न त्यो चुकेको छैन ।
यस कारण चीनको वुहान स्थित जैविक प्रयोगशालामा कोरोनाको अतिरिक्त अन्य कुन कुन भाइरस छन् यसको अनुसन्धान गर्न त्यसकोमाथि दबाव बनाउनु पर्छ । वुहान लैबबाट नै कोरोना फैलाइएको हो भने सबै राष्ट्रले चीनको बहिष्कार गर्नुपर्ने जरुरी छ । भर्खरै अमेरिकाका समाचार पत्रिका वाल स्ट्रीट जरनलले कोरोना भाइरस वुहानबाट फैलाइएको दस्तावेज बरामद गरी सार्वजनिक गरेको छ विगत वर्ष अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले यसलाई कोरोना भाइरस नभनी वुहान भाइरस नै भनेका थिए यस कारण यस्ता कुराबाट चीनप्रति शंका उपशंका अझ मजबूत बन्छ । भर्खरै अमेरिकाका राष्टपति जो बाइडेनले आफ्नो देशको तीन वटा गुप्तचर संस्थालाई कोरोना भाइरस फैलिने उद्गम क्षेत्रको पत्ता लगाउन निर्देशन दिँदै ९० दिनभित्र यसको प्रतिवेदन बुझाउन भनेकोले आगामीसमय चीनको भण्डाफोर हुने निश्चित छ ।
यस कारण अब चीनको घाँटीमा फन्दा कस्नै पर्छ किनकी चीन मानवताको शत्रुको रुपमा देखा परेको छ यसको नाक न नाथे सम्पूर्ण विश्व कुनै न कुनै भाइरसबाट संक्रमित भइ मर्न बाध्य हुनेछन् यसको लागि वुहान लैबको अब अनुसन्धान हुनु नै पर्छ अनिमात्र वास्तविक कुरा सामुन्ने आउँछ । एउटा कुरा पक्कै हो सम्पूर्ण विश्वलाई ३ वर्षदेखि त्रसित पार्दै आएको यो कोरोना भाइरस पक्कै पनि प्राकृतिक होइन बरु यो मानव निर्मित कृत्रिम भाइरस हो जसले अनगिनत निर्दाेष व्यक्तिको ज्यान लिएको छ । यो कोरोना भाइरस प्राकृतिक हुन्थ्यो भने चीनमा त्यसको प्रभाव अवश्य देखिन्थ्यो तर त्यहाँ अब कोरोनाको कुनै प्रभाव छैन । वुहानमा पनि यो कोरोना छैन मात्र सम्पूर्ण विश्व यसबाट त्रस्त छ ।
अहिले सम्पूर्ण विश्व कोरोनाको अगाडि निरीह रहेको देखिन्छन् आगामी समय यस्तै प्रकारले चीनले कुनै समय फेरी अर्काे भाइरसको रिसाव गरे त्यस्ता अनगिनत भाइरसमाथि नियन्त्रण कसरी पाउने यो सोच्ने बेला आएको छ । समय मै सम्पूर्ण विश्व सचेत र सजग नबने यो कोरोना भाइरस भन्दा पनि कडा भाइरस अवश्य आउनेछ । यसमाथि नियन्त्रण पाउन सरल छैन किनकी वुहान त्यस्तो जैविक प्रयोगशाला हो जहाँ तमाम भाइरस सुरक्षित राखिएको आशंकाहरु छ त्यो जैविक प्रयोगशालामाथि आक्रमण गरी ध्वस्त गर्न खोजिए त्यहाँ सुरक्षित राखिएको तमाम भाइरस निस्किन्छ जसबाट चीनका सबै जना मर्छन् तर सम्पूर्ण विश्वमा रहेका मानव जातिको पनि विनाश हुन बेर लाग्दैन ।
तसर्थ, अब एउटै बाटो छ त्यो बाटो हो चीनसँग वार्ता गरी वुहान लगायत प्रयोगशालाको अनुसन्धान गर्ने आम सहमति बनाउनु । यो सहमति त्यसले गर्दैन भने विश्व समुदायले चीनले उत्पादन गरेको सबै प्रकारको सामान बहिष्कार गर्नुपर्छ अनिमात्र त्यो लैब अनुसन्धान गर्न दिनेछ । चीनको वुहान र अन्य जैविक प्रयोगशालामा कति प्रकारको भाइरस उत्पादन गरिएको छ छानबीन गरी अमेरिका, रुस लगायत राष्ट्रले पनि कति भाइरस बनाएर राखेका छन् यसबारे पनि अनुसन्धान हुनुपर्छ किनकी विगतमा अमेरिकाले पनि आफ्नो प्रयोगशालामा एड्सको विषाणु तयार पारी फैलाएको थियो यो एड्सको औषधि तयार पारी अमेरिका, ब्रिटेन जस्तो देशले खुबै रकम कमाएका थिए यस कारण जसरी विगतमा परमाणु निरस्त्रीकरणको आवाज उठाइएको थियो त्यसै प्रकारले अब जैविक हतियार नष्ट पार्न चीनसहित सबै शक्तिशाली राष्ट्रलाई बाध्य पार्नु जरुरी छ । यस्तो कार्य नभए अब त्यो दिन टाढा छैन जब सम्पूर्ण विश्वमा जैविक हतियार निर्माण गर्ने तछाड मछाड चल्नेछ यो जैविक हतियारले मानव सभ्यतालाई अन्ततः नष्ट पार्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here