काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाई नै भारतीय नागरिक भएको खुलेको छ ।

प्रचण्डले जनयुद्धका बेला छोरी गंगा दाहालको पश्चिम बंगालका नारायणबिक्रम प्रधानसँग विहे गरिदिएका थिए । भारतीय नागरिक प्रधान यसहिसाबले प्रचण्डका ज्वाई भए । तर अहिले भने गंगा र नारायण अलग्गिएका छन् । गंगाले विराटनगरका युवा व्यवसायीसँग विहे गरेकी छन् ।

तर भारतीय ज्वाईका तर्फबाट प्रचण्डकी एक नातिनी छन् । जसको नाम हो स्मिता दाहाल । उनको वास्तविक नाम स्मिता प्रधान भए पनि प्रचण्डले राजनीति पहुँचका आधारमा थर नै परिवर्तन गरेर नागरिकता दिलाएका छन् । नेपालमा आमाको थरबाट नागरिकता लिने प्रचलन छैन । यस्तोमा स्मिताको थर कसरी परिवर्तन भयो भन्ने प्रश्न उठेको छ । स्मिता प्रधान हुँदा उनले वंशजको नागरिकता पाउँदैनन् । उनले अंगीकृत नागरिकता पाउँछिन् । तर दाहाल बनाएर वंशजको नागरिकता दिलाइएको छ त्यो पनि राजनीतिक पहुँचमा ।

तर अरुका छोराछोरीले नागरिक अध्यादेशमार्फत जन्मसिद्ध बाबुआमाको सन्तान हुँदा वञ्चित भएको नागरिकता वंशजबाट पाउँदा प्रचण्डको टाउको दुखाई भएको छ । सरकारलाई राष्ट्रघाति करार गरेर अध्यादेशको विरोधमा प्रचण्डले पुरै पार्टी पंक्ति लगाएका छन् ।

यस्तोमा विराटनगरका एमाले नेता उमेश गिरीले वास्तविकता बाहिर ल्याएका छन् । प्रचण्डका पूर्वज्वाई प्रधान परिवारलाई नजिकबाट चिन्ने गिरीले भनेका छन्: ब्यक्तिगत रुपले म राम्ररी चिन्दछु ।

भारतको पश्चिम बङ्गाल स्थित, जल्पाइगुरी जिल्लाको बाख्राकोट निवाशी सी.पी.आइ ( एम ) पार्टीको पुर्व एम.पी, प्रचन्डको सम्धी स्वर्गिय बद्री नारायण प्रधानको नातीनी,  नारायण बिक्रम प्रधान (प्रचन्डको ज्वाइ ) को छोरी स्मिता “प्रधान” नभएर स्मिता “दाहाल” कसरी भइन र उनले यहाँको बंशजको नगरिकता कसरी पाइन?

अहिले नागरिकता विधेयक विरोध गर्ने प्रचन्डले यिनको नागरिकता बारे किन बोल्दैनन ?  यसको लागी प्रचन्डसँग के जवाफ छ ?

यसको जवाबदेही प्रचन्ड तथा माओवादी हुन कि हैन ? प्रचन्डलाई यसको कानुनी सजाय हुन्छ कि हुँदैन  ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here