१७ जेठ, नेपालगन्ज । बाँके प्रहरीले अवैध रुपमा माटो र नदिजन्य प्रदार्थ उत्खनन तथा ढुवानी गर्ने सवारी साधन नियन्त्रणमा लिएको छ ।
बाँके कोहलपुर नगरपालिका वडा नं. ७ लखनहवा र बैजनाथ गाउँपालिका वडा नं. २ जब्दहवाबाट अबैध रुपमा माटो, नदिजन्य पदार्थ उत्खनन् तथा ढुवानी कार्यमा संलग्न जेसीबी १, टिप्पर १ र ट्याक्टर १ जम्मा ३ वटा सवारी साधन शनिवार नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले नदिजन्य प्रदार्थ उत्खनन तथा ढुवानी गर्ने सवारी साधन नियन्त्रणमा लिइ आवश्यक कार्वाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी गराएका छन् ।






