१६ जेठ, नेपालगन्ज । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोग र युवा घरको आयोजनामा २०८३ जेठ १५ गेते सुरु भएको तालिम जेठ १६ गते सम्पन्न भएको हो ।
तालिमको उद्घाटन सत्रमा बोल्दै नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोरख बहादुर थापाले युवाहरू राष्ट्रको परिवर्तन र विकासका प्रमुख संवाहक भएकाले उनीहरूको नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्व अभिवृद्धिका लागि यस्ता तालिमहरू अत्यन्त आवश्यक रहेको बताएका थिए । उनले सीप, ज्ञान र सकारात्मक सोचले सम्पन्न युवाशक्ति नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे । साथै, युवाको क्षमता अभिवृद्धि, उद्यमशीलता, नेतृत्व विकास तथा सामुदायिक सहभागिता बढाउन नेपालगन्ज उपमहानगरपालिका सदैव प्रतिबद्ध रहेको उनको धारणा थियो ।
२ दिन सम्म चलेकोे तालिममा प्रशिक्षकहरु मन भण्डारी, नमस्कार शाह र रबिन्द्र बोहराले स्थानीय विकास, सामाजिक समावेशिकरण, स्थानीय विकासमा युवा सहभागिता, नेतृत्व विकास, नेतृत्व शैली, नेतृत्व प्रक्रिया, व्यक्तित्व विकास, स्थानीय तहको योजना तर्जुमा प्रक्रिया, योजना तर्जुमाका चरण, योजना तर्जुमा सिप, योजना तर्जुमा प्रक्रियामा युवा सहभागिता, सकारात्मक सोच, रोलमोडल बन्ने .टिप्सहरु, समयको महत्व, प्रविधिको प्रयोग, एआई (कृत्रिम बुद्धिमत्ता), तनाव व्यवस्थापन लगायतको विषयमा प्रशिक्षण दिएका थिए ।
तालिमको समापन सत्रमा बोल्दै ेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोरख बहादुर थापाले दुइ दिनको तालिममा सिकेको विषयलाइ आत्म साथ गर्दै स्थानीय विकासमा युवाहरुको सक्रिय सहभागिता हुनुपर्ने बताएका थिए ।
तालिममा विभिन्न वडाका ४० जना युवाहरुकोे सहभागिता रहेको थियो । युवा घरका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्र र समापन सत्रको सञ्चालन युवा घरका सचिव शिव कुमार वर्माले गरेका थिए ।






