१४ वैशाख, नेपालगन्ज । बाँके प्रहरीले विभिन्न मुद्दामा २२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
फरार प्रतिवादी पक्राउ विशेष अप्रेशन अन्तर्गत जिल्ला प्रहरी कार्यालय, बाँके र वडा प्रहरी कार्यालय नेपालगन्ज, बाँकेबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बाँके जिल्लाका विभिन्न स्थानमा लुकिछिपी रहे बसेका विभिन्न मुद्दाका २२ जना फरार प्रतिवादीहरुलाई सोमवार पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नेपालगन्ज, बाँकेका नि. सूचना अधिकारी प्रहरी निरीक्षक रमेश बिष्टले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here