२८ चैत्र, नेपालगन्ज । बाँके प्रहरीले यात्रुहरुलाई दुःख हैरानी दिने मानिसहरुलाई पक्राउ गरेको छ ।
नेपालगन्ज उ.म.न.पा. अन्तर्गत बसपार्क, धम्बोझी, पुष्पलाल चोक वाटरपार्क लगायतका स्थानहरुबाट यात्रुहरुलाई तानातान गर्ने, दुःख हैरानी दिने कार्यमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।
पक्राउ पर्नेमा १) जिल्ला बर्दिया राजापुर न.पा. ६ बस्ने सुरज शर्मा २) जिल्ला बाँके खजुरा गा.पा. ४ बस्ने बिश्वास थापा ३) ऐ.ऐ. ०३ बस्ने राजेश भट्टराई ४) जिल्ला बाँके नेपालगंज उ.म.न.पा. ४ बस्ने तिरथ यादव ५) जिल्ला बाँके खजुरा गा.पा. ७ बस्ने अवौज भाट ६) जिल्ला कैलाली गोदावरी न.पा. २ बस्ने बिरेन्द्र चन्द ७) जिल्ला कञ्चनपुर बेदकोट न.पा. ७ बस्ने हर्के थापा ८) जिल्ला दाङ दङ्गिशरण गा.पा. ३ बस्ने रमेश परियार ९) जिल्ला सुर्खेत मेहलकुना न.पा. ७ बस्ने निराजन बोहरा १०) जिल्ला बाँके नेपालगंज उ.म.न.पा. २ बस्ने सुमित अली ११) जिल्ला बर्दिया गेरुवा गा.पा. ३ बस्ने दिनेश ऐडी १२) जिल्ला बाँके जानकी गा.पा. ४ बस्ने नारायण ददेल १३) जिल्ला बाँके खजुरा गा.पा. ३ बस्ने कृष्ण बि.क. १४) जिल्ला कैलाली लम्कुचुहा न.पा. १ बस्ने मोहन खाण १५) जिल्ला बाँके कोहलपुर न.पा. ३ बस्ने बिकाश सिंह ठकुरी १६) जिल्ला बाँके खजुरा गा.पा. ३ बस्ने अब्जल खान १७) जिल्ला बाँके खजुरा गा.पा. ६ बस्ने फरमान खाँ १८) जिल्ला बाँके खजुरा गा.पा. ३ बस्ने साजन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक पातलीले जानकारी गराएका छन् ।








