४ चैत्र, नेपालगन्ज । बर्दियाको मधुवन नगरपालिकाले ‘रियल प्लान रेमेडियल कक्षा–२०८२’ सम्बन्धी एक दिने संयुक्त अनुगमन तथा स्थलगत भ्रमण सम्पन्न गरेको छ ।
बाँके यूनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिएको गल्र्स स्ट्यान्डिङ स्ट्रङ परियोजना अन्तर्गत शिक्षा शाखा मधुवन नगरपालिकाको आयोजनामा उक्त अनुगमन भ्रमण सम्पन्न गरिएको हो ।
अनुगमनको उद्देश्य रियल प्लानको प्रभावकारी कार्यान्वयनको समीक्षा गर्नु, यसको प्रभाव तथा उपलब्धि मूल्याङ्कन गर्नुका साथै विद्यालयका विज्ञान प्रयोगशाला, प्रारम्भिक बाल विकास कक्षा तथा साङ्केतिक भाषाको अभ्यासजस्ता पक्षहरूको अवलोकन गर्नु रहेको मधुवन नगरपालिकाले जनाएको छ ।
यस पहलले नगरभित्रका सबै बालबालिकाको भर्ना र टिकाउ सुनिश्चित गर्दै समावेशी र गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको पनि जनाईएको छ ।
सो अनुगमन मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपप्रमुख अनिता चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् । शिक्षा अधिकृत नारायण प्रसाद खनाल तथा मिनु चौधरीले कार्यक्रमको समन्वय तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
बाँके यूनेस्को क्लबका तर्फबाट सह–अध्यक्ष निरज गौतम, सल्लाहकार कमल पन्थी र नरेन्द्र थापा, उपकार्यकारी निर्देशक गोविन्द लमिछाने तथा कार्यक्रम अधिकृत विजय शर्माको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण मिनु थारुले गरेकी थिइन् ।
अनुगमन टोलीले गुराँस माध्यमिक विद्यालय (तराताल), नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (ढोढरी), मञ्जुश्री माध्यमिक विद्यालय –बङ्गालीपुर) र त्रिभुवन माध्यमिक विद्यालय –सूर्यपटुवा) मा पुगेर स्थलगत अवलोकन गरेको बाँके यूनेस्को क्लबका सहअध्यक्ष निरज गौतमले बताए ।
उनका अनुसार यो अनुगमनले साझेदारी, जवाफदेहिता तथा निरन्तर सिकाइको महत्वलाई उजागर गर्दै समावेशी शिक्षा प्रणाली निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । यसबाट प्रत्येक बालबालिकालाई सिक्ने, अगाडि बढ्ने र समाजमा अर्थपूर्ण योगदान गर्ने अवसर सुनिश्चित हुने अपेक्षा गरिएको छ ।







