१३ फागुन, नेपालगन्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका बाँके जिल्लाका सम्पूर्ण सीमा नाकाहरु बन्द हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरूङद्वारा बुधवार प्रकाशित सूचना मार्फत उक्त कुराको जानकारी गराइएको हो ।
सूचनामा उल्लेख रहे अनुसार, फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएका बाँके जिल्लाका सम्पूर्ण सीमा नाकाहरु मिति २०८२ फागुन १८ गते सोमवार राती १२ः०० बजेदेखि २०८२ फागुन २१ गते बिहीवार राती १२ः०० बजेसम्म बन्द रहने जानकारी गराइएको छ ।z







