२६ माघ, नेपालगन्ज । अवैध रुपमा भारतबाट भन्सार छलि ल्याएको सामान बाँके प्रहरीले बरामद गरेको छ ।
बाँके जिल्लाका विभिन्न स्थानहरुबाट अबैध रुपमा भारतबाट नेपाल तर्फ भन्सार छलि तस्करी गरी ल्याइएको लत्ता कपडा, बिउ बिजन र स्टडी टेबल लगायतका सामान सोमवार प्रहरीले बरामद गरेको हो ।
करिब ८५ हजार रुपैयाँ बराबरको सामानहरु पक्राउ गरि आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाइएको छ ।।
यस्तै शनिवारका दिन लागू औषध (ब्राउन सुगर) सहित मानिसहरु पक्राउ परेका छन् ।
नेपालगन्ज उ.म.न.पा. १५ जमुनाहमा इलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्युरो नेपालगन्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला दाङ गढवा गा.पा. ४ बस्ने बर्ष ३० को हिमाल के.सी. र दाङ घोराही उ.म.न.पा. ३ बस्ने बर्ष २७ को शरद खड्कालाई शुद्ध तौल ४८ ग्राम लागू औषध ब्राउन सुगर जस्तो खैरो धुलो पदार्थ सहित पक्राउ गरी बाँके जिल्ला अदालतबाट दिन ७ म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक पातलीले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here