२४ माघ, नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगन्ज तथा मातहत प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेको आयोजना तथा नेपालगन्ज उप–महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र नेपालगन्ज ४ गणेशपुर बाँकेको सहकार्यमा शनिवार स्वास्थ्य परीक्षण गरिएको हो ।
वडा प्रहरी कार्यालय नेपालगन्ज तथा मातहत प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरुको स्वास्थ्य परीक्षण (बिएमआई, ब्लड प्रेसर तथा सुगर परीक्षण) कार्यक्रम सम्पन्न भएको वडा प्रहरी कार्यालय नेपालगन्जले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here