२९ मंसिर, नेपालगञ्ज । बाँके प्रहरीले लागू औषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।
शुक्रवार दिउँसो करिब २ः३० बजेको समयमा जिल्ला बाँके नेपालगञ्ज उप– महानगरपालिका वडा नं. १ पुष्पलाल चोकस्थित लागु औषधको कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बाँके तथा लागु औषध नियन्त्रण व्युरो नेपालगञ्ज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलिले ३ जनालाई पक्राउ गरेको हो ।
पुष्पलाल चोक स्थित सडक छेउमा हिँडिरहेका व्यक्तिहरुलाई चेकजाँच तथा खाननतलासी गर्दा जिल्ला बाँके नेपालगञ्ज उप–महानगरपालिका वडा नं. २२ बस्ने वर्ष ६१ को राजेन्द्र कुमार गोडियाले डौ¥याई रहेको साईकलको हेण्डिलमा झुण्डयाई रहेको कालो रङको प्लास्टिक भित्र रहेको लुकाई छिपाई राखेको टिफ्फिनको बट्टा भित्र ३ वटा सेतो रंको प्लाष्टिकको प्याक बनाई राखेको प्लाष्टिक हटाई तौल गर्दा प्रतिवन्धित लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ शुद्ध १५० ग्राम, साईकल थान १ र निजहरुले प्रयोग गर्ने गरेको मोबाईल सेट थान ३ समेत फेला पारिएको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।