७ मंसिर, नेपालगञ्ज । फौजदारी कसुरको अनुसन्धान सम्बन्धमा सरोकारवाला निकायहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजन गरिएको छ ।
जिल्ला अदालत बाँकेका न्यायाधीश भिष्मराज प्रसाईज्यूको प्रमुख आतिथ्यतामा फौजदारी कसुरको अनुसन्धान सम्बन्धमा शुक्रवार सरोकारवाला निकायहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजन गरिएको हो ।
कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, अधिवक्ता, अपराध अनुसन्धान शाखामा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here