९ पौष, नेपालगन्ज । अत्यधिक चिसोका कारण नेपालगन्जको विभिन्न चोकहरुमा आगो बाली ताप्ने व्यवस्था मिलाइएको छ ।
बढ्दो चिसो हुस्सु तथा शितलहरको कारण अत्यधिक चिसो बढेको हुँदा नेपालगन्जका स्थानिय तथा सरोकारवाला निकायहरुको समन्वय तथा सहकार्यमा नेपालगन्जको त्रिभुवन चोक, सेतु बि.क. चोक लगायत विभिन्न चोकहरुमा चिसोले प्रभावित नागरिकहरुका लागि आगो बाली ताप्ने व्यवस्था मिलाइएको वडा प्रहरी कार्यालय, नेपालगन्जले जानकारी गराएको छ ।







