पौष, नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिकाले पौष १४ गतेसम्म सबै विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नेपालगन्ज उप महानगरपालिका बाँकेको आयोजनामा तथा प्याब्सन नेपालगन्जको व्यवस्थापनमा मिति २०८२।०९।११ देखि २०८२।०९।१४ सम्म ८औं विद्यालय स्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनौट खेलकुद प्रतियोगिता सञ्चालन हुने तथा हाल अत्यधिक चिसो मौसमका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने समेत देखिएकोले मिति २०८२।०९।११ देखि २०८२।०९।१४ गतेसम्म सबै विद्यालयहरुमा सार्वजनिक विदा दिइएको नेपालगन्ज उप–महानगरपालिका उप–सचिव गोर्ख बहादुर थापाले जानकारी गराएका छन् ।







