८ पौष, नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत प्रहरी कर्मचारीहरूसंग कार्य प्रगति समिक्षा एवं आगामी कार्ययोजना सम्बन्धि छलफल तथा सरुवा भई जान लागेका प्रहरी कर्मचारीलाई फेरी भेटौला कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेका कार्यालय प्रमुख प्रहरी निरीक्षक शेखर खड्काले सम्पादन गरिएका कार्य विवरणको समिक्षा एवं आगामी कार्ययोजना र प्रहरी कर्मचारीका पिर मर्का र गुनासो सम्बन्धि कार्यरत प्रहरी कर्मचारीहरुसंग छलफल गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका छन् ।
साथै, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ कर्मचारी प्रशासन शाखाको मिति २०८२।०३।१३ गतेको पत्रादेशले सशस्त्र प्रहरी सेनामुख बाँके दरबन्दीबाट प्रहरी चौकी चाउचासिउरी रोल्पा सरुवा भएका प्रहरी जवान फुलराम थारुलाई कार्यालय प्रमुख खड्का लगायत सम्पूर्ण वडा प्रहरी कार्यालय नेपालगन्ज बाँके परिवारको तर्फबाट विदाई तथा फेरी भेटौला कार्यक्रम गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जले जानकारी गराएको छ ।






