८ भाद्र, नेपालगन्ज । अवधी पत्रकार संघ नेपाल जिल्ला समिति, बाँकेको आयोजनामा आइतवार हरितालिका तीज अर्थात कजरी तीजको अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरिएकोछ ।

अवधी पत्रकार संघ नेपाल जिल्ला समिति, बाँकेका अध्यक्ष समिर अलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरी लगायत बाँकेका क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेश मिश्र, संस्थापक सूर्यलाल यादव, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य तथा रेडियो प्रसारक संघ अकोराब र नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष मोहम्मद आरिफ अन्सारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरि, अवधी सांस्कृतिक प्रतिष्ठानका संस्थापक बिष्णुलाल कुमाल, अवधी पत्रकार संघका पूर्वअध्यक्ष चन्द्रेश्वर राज त्रिपाठी, पूर्वअध्यक्ष नन्दलाल साहू, कोषाध्यक्ष चंदा सिंहलगायतको उपस्थिति थियो।

सोही कार्यक्रममा भारत उत्तर प्रदेश आइपजा पत्रकार संघ बहराइचका पत्रकारहरू विनय रस्तोगी, सोनू रस्तोगी, अमरनाथ पाण्डेय, जुनेद बेग, अब्दुल कादिर, फराज अन्सारी, सलमान असलम, महफूज भाई र जावेद तन्नुलाई खादा तथा प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

सन्ध्या शर्माले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य चन्दा सिंहले राखेकी थिइन्।

आयोजित कार्यक्रममा नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज अर्थात कजरी तीजको अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो ।

सो कार्यक्रम नेपाल जडीबुटी व्यवसायी संघको सभा हलमा आयोजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here