१ भाद्र, नेपालगन्ज । कर्बलाका शहीदहरुको सम्झनामा मनाइने इस्लाम धर्मावलम्बीहरुको महान पर्व चहल्लम आइतवार विविध धार्मिक कार्यक्रमबीच सम्पन्न भएको छ ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदका नाती हजरत इमाम हुसैन सहित उहाँका परिवार सदस्य आफन्त र उहाँका साथी लगायतकाहरुले शताब्दीयांै अघि ईराकको कर्बलामा शहादत प्राप्त गरेको स्मरणमा मोहर्रम पर्व मनाइने गरिन्छ । मोहर्रम पर्वको ठिक ४० दिनपछि चहल्लम पर्व मनाउने परम्परा रहेको छ ।
पर्वको अवसरमा शनिवार राती नगरको विभिन्न स्थानमा स्थापित गरिएका ताजियाहरु विभिन्न धार्मिक अनुष्ठानपछि बाजागाजा, मातम तथा विभिन्न झाँकी प्रदर्शन सहितको जुलुसका साथ आइतवार फुल्टेक्राको कर्बला मैदानमा लगेर विसर्जन गरिएपछि चहल्लम पर्व सम्पन्न भएको हो ।
चहल्लम पर्व शान्तिपूर्ण ढंगले सम्पन्न गराउन प्रहरी प्रशासनको अहम भूमिका रहेको थियो ।







