३१ श्रावण, नेपालगन्ज । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी हर्षाेल्लासपूर्वक मनाइँदै छ ।
हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धुन यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्णको जन्म आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट भएको मान्यता छ । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । सो समय राजा कंश लगायतको धेरै नै अत्याचार थियो । यस्तो पापाचारको अन्त गर्न भगवान श्रीकृष्णको अवतार भएको थियो ।
देवकीको कोखबाट जन्मेको पुत्रले कंशको अन्त गर्ने छ यो भविष्यवाणी रहेकोले कंश देवकीको कोखबाट जन्मेकी कैयन छोरीको हत्या गरी सकेको थियो । जब अन्तिम कन्याको जन्म भयो सो समय कंशले त्यसको पनि हत्या गर्ने प्रयास गरे यस समय सो कन्या विलिन हुँदै भनिन्, हे कंश श्रीहरि विष्णुको कृष्णको रुपमा अवतार भइसकेको छ उनीले छिट्टै नै तिम्रो वद्य गर्नेछन् । यस समय कंश धेरै नै आक्रान्त बनी त्यस दिन जन्मेको पुरै बालकको हत्या गरायो तर श्रीकृष्ण बाँचे बालक श्रीकृष्णको हत्या गर्न कंशले पुतना नामको राक्षसी पठायो तर श्रीकृष्णले उनीको स्तनको दूध चुसी–चुसी ज्यानलेनै मारी दिए ।
भगवान श्रीकृष्णको जीवन बडो संघर्षमा व्यतीत भएको थियो । जरासंधसँगको युद्धमा उहाँलाई रणक्षेत्र छाडी भाग्नु परेको थियो यस कारण उहाँलाई रणछोड पनि भन्ने गरिन्छ । उहाँलाई जन्म माता देवकीले दिएपनि लालनपालन भने माता यशोदा र नन्दबाबाले गरेका थिए । जब कौरवहरुको अत्याचार बढ्यो त्यस समय पाण्डवहरुलाई न्याय दिलाउन महाभारत युद्ध भयो यस समय उनी अर्जुनको सारथी बने ।
गीताको ज्ञान महाभारत युद्धको समयमा सम्पूर्ण मानव जातिलाई नयाँ दिशा देखाउन गीताको ज्ञान अर्जुनलाई दिएका थिए।
यस अवसरमा नगरको विभिन्न मन्दिर लगायत त्रिभुवन चोकमा झाँकी सहितको धार्मिक सांस्कृतिक कार्यक्रमको आयोजना गरि भगवान श्रीकृष्णको जन्मोत्सव अर्थात श्रीकृष्ण जन्माष्टमी हर्षाेल्लासपूर्वक मनाइँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here