३ कार्तिक, नेपालगञ्ज । बाँके प्रहरीले बेहोस पार्ने औषधि सेवन गराई लुटपाट गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
कोहलपुरस्थित एक होटलमा बास बस्ने बहाना गरी खाद्य पदार्थमा विषादी सेवन गराई लुटपाट गरेकालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका नि.सूचना अधिकारी एवं प्रवक्ता प्रहरी निरीक्षक नविन प्रकाश चापागाईका अनुसार गत असोज १२ गते कोहलपुर–११ नयाँ बसपार्कस्थित न्यू रारा कर्णाली होटेलमा बास बस्ने बहानामा आई होटेल संचालक पार्वती उपाध्यायलाई आमा नाता लगाई विश्वास जितेर असोज १५ गते राती ११ बजे उपाध्याय र उनका २ जना नातिनी विधा आचार्य र विनिशा आचार्यलाई फ्रुटी तथा मोहीमा घातक विषादी मिसाई खुवाई बेहोस गराई लुटपाट भएको घटनामा प्रहरीले दोषीहरुलाई पक्राउ गरिएको हो ।
उनका अनुसार अनुसार होटल सञ्चालकको शरीरमा रहेको एक तोला सुनको रिङ, आधा तोलाको तिलहरी, दुवै छोरीको कानमा रहेका ४ वटा गरी १ तोला सुनका रिङ, नाकमा लगाएको ९ आनाको नथिया गरी जम्मा २.५ तोला ९ आना तौल भएका सुनका गहना र काउन्टरमा रहेको नगद रु. ३० हजार नगद तथा जिन्सी सामान चोरी गरी भागी फरार रहेको घटनामा प्रहरीले बिस्तृत अनुसन्धान अगाडि बढाएको थियो ।
घटना अनुसन्धानका क्रममा कार्तिक १ गते पोखरा महानगरपालिका वडा नं. १३ अमलाचौरस्थित सन्जु कोइरालालाई उनको आफ्नै घर कोठाबाट र देवघाट गाउँपालिका वडा नं ५ क्षेत्री टोलबाट कालु परियारलाई असोज ३० गते प्रहरीले चोरी भएको माल–सामानसहित पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here