२ साउन, नेपालन्ज । नेपालन्ज उपमहानगरपालिकालाई यहि आर्थिक बर्षभित्र बालमैत्री पालिका घोषणा गर्ने अभियान अन्र्तगत बालश्रम रोक्नको लागि निगरानी बढाइएको छ । जसअन्र्तगत शुक्रवार नेपालगन्जको घरबारी टोलबाट तिन जना बालकलाई उद्धार गर्नको लागि चेतावनी सहित पक्रियामा आउन अनुरोध गरीएको नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तथा बालश्रम विरुद्धको स्थानिय समन्वय समिति सदस्य सचिव बालकल्याण अधिकारी पवित्रा कुमारी पुरीले बताइन्।

उनले नेपालगन्ज उपमहानगरपालिकाले बनाएको कार्ययोजना अनुरुप बालश्रम रोक्न गतिविधी बढाउन सुरु भएको बताइन् ।

अनुगमनमा नेपालगन्ज उपमहानगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रतिनिधि ,वडा नम्बर २ का प्रतिनिधि र सिविन नेपालका प्रतिनिधि सहितको टोली सहभागि रहेको थियो ।

टोलीले शुक्रवार नेपालगन्जको धम्बोजी र घरबारी टोलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा २ वटा मिठाई पसलमा ३ जना बालक श्रमिका रुपमा राखिएको पाइएको छ । जसमा १ जना भारतीय र १ जना स्थानिय बालक रहेका छन ।

अनुगमन टोलीले बालकको पारिवारीक पुर्नमिलन गरी विवरण ७ दिनमा वडा कार्यालयमा बुझाउन निर्देशन दिएको छ । निर्देशन पालना नभएमा श्रम कार्यालयमा रोजगारदाता विरुद्ध श्रम कानुन , बालश्रम निषेधित तथा नियमन गर्ने ऐन २०५६ बमोजिम उजुरी पक्रियामा जाने तयारी रहेको जनाइएको छ ।

बालमैत्री स्थानीय शासन अबलम्बन गरेको नेपालगन्ज उपमहानगरपालिकाले बालश्रमिकहरु होटल, मिठाई पसल, दोहोरीसाझ, ग्यारेज, सार्वजनिक यातायात, रिक्सा चालकको रुपमा, फर्निचर पसल र घरेलु कामदारको रुपमा छयापछयाप्ती रहेको बताएको छ ।

खुलेआम रोजगारदाताहरुबाट बालश्रम निषेधित र नियमन गर्ने ऐन २०५६ को बर्खिलापको रुपमा नेपालगन्जमा बालश्रमिकहरु भेटिएको शुक्रवार अनुगमनमा गएको टोलिले निष्कर्ष निकालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here