९ असोज, नेपालगञ्ज । जनपद समुह तर्फका प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा भएका प्रहरी निरीक्षक जंग बहादुर रोका क्षेत्रीलाई दर्ज्यानी चिन्हद्वारा सु–शोभन गरिएको छ ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको मिति २०८१।०६।०७ गतेको पत्रादेशानुसार बढुवा भएका प्रहरी निरीक्षक जंग बहादुर रोका क्षेत्रीलाई बुधवार जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले दर्ज्यानी चिन्हद्वारा सु–शोभन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here