नेपालगन्ज, ३ जेष्ठ – अवधी भाषी पत्रकारहरुमा अवधी पत्रकार संघ नेपालले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
यतिबेला सिंगो मुलुकको साथै बाँके जिल्ला पनि विशेष रुपले कोभिड–१९ बाट प्रभावित रहेको छ । यस समयमा अवधी भाषी पत्रकारहरु आफ्नो ज्यानको प्रवाह नगरी जोखिममा सञ्चार क्षेत्रमा कार्यरत रहेका छन् ।
कोभिड–१९ बाट बाँके जिल्लाका केही पत्रकार पनि संक्रमित रहेको बेला अवधी पत्रकार संघ नेपालले अवधी भाषी पत्रकारहरुको स्वास्थ्य सुरक्षाको लागि १ पाकेट मास्क र १ पिस सेनिटाईजर वितरण गरेको छ ।
अवधी भाषी पत्रकारहरुको लागि मास्क र सेनिटाईजर केन्द्रिय कार्यालय फुल्टेक्राबाट महासचिव गुरमुरत यादवमार्फत वितरण गरिएको छ । हालसम्म ४५ बढी अवधी भाषी पत्र कारहरुलाई मास्क र सेनिटाईजर वितरण गरिसकेको जिल्ला अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले बताउनुभयो । स्वास्थ्य सामाग्री वितरण अझै केही दिनसम्म जारी रहने बताईएको छ ।