११ असार, नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेबाट खटिएको प्रहरी टोलिले मंगलवार भन्सार छलि ल्याएको मोबाईल फोनको डिस्प्ले बरामद बरामद गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिका वडा नं.२१ बिर्ता स्थितमा भारतबाट अबैध रुपमा भन्सार छलि गरी ल्याइएको करिब ७ लाख ९ हजार मूल्य बराबरको Motian Combo Touch -Mobile Display २०० थान, Servic Pack -Display ३०९ थान बरामद गरिएको हो ।
बरामद गरिएका मोबाईल फोनको डिस्प्ले आवश्यक कारबाहीको लागि नेपालगन्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको वडा प्रहरी कार्यालय नेपालगन्जले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here