१० असार, नेपालगन्ज । बाँके प्रहरीले ३ लाख ९४ हजार मूल्य बराबरको अवैध भन्सार छलिको सामान बरामद गरेको छ ।
कुर्ता सुरवाल ४४० थान अन्दाजी मूल्य रु. ३,१०,२००, भित्री वस्त्र ५६४ थान अन्दाजी मूल्य रु. ६७,६८० र रुमाल १६३२ थान अन्दाजी मूल्य रु. १६,३२० गरि जम्मा मूल्य रु. ३ लाख ९४ हजार मूल्य बराबरको अवैध भन्सार छलिको सामान बरामद गरिएको हो ।
सोमवार नेपालगन्ज उप–महानगरपालिका वडा नं. ४ न्यूरोडमा भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएका विभिन्न लत्ताकपडा बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा बुझाईएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here