९ असार, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका ४ नं. वडा समितिको कार्यालयले आ.व. २०८२।०८३ को योजना छनौट तथा वडा भेला कार्यक्रमको आयोजन सोमवार गरेको
छ ।
यसैगरि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ ले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजन पनि सोही समयमा गरिएको
थियो ।
नेपालगन्ज उपमहानगरपालिका ४ नं. वडा कार्यालयको आयोजनमा भएको सो सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण बास नेपालले गरेको थियो ।
सो कार्यक्रममा ४ नं. वडाका वडावासीहरुले वडाको विभिन्न स्थानमा रहेका समस्याको उठान गरेका थिए । उठान भएका प्रश्नहरुको सम्बोधन ४ नं. का वडाध्यक्ष गोपाल पुनले गरेका थिए ।
आर्थिक वर्ष २०८२।०८३ को लागि प्रस्तावित योजना, कार्यक्रम संकलनका लागि गरिएको कार्यक्रममा आर्थिक वर्षको सार्वजनिक सुनुवाई एवं वार्षिक प्रगति समिक्षा गरिएको ४ नं. वडा समिति सदस्य रुमिता श्रेष्ठले बताइन् ।
नेपालगन्ज न्यूरोडस्थित होटल आयुष्माको हलमा संचालन गरिएको सो कार्यक्रममा जनप्रतिनिधि, वडाका कर्मचारी, राजनीतिकर्मी, टोल विकास समिति, नागरिक समाज, जेष्ठ नागरिक, बालबालिका, समाजसेवी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले आर्थिक वर्ष २०८२।०८३ को लागि आ–आफ्नो जिज्ञासा, योजनाहरु लिखित तथा मौखिक रुपमा प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here