काठमाडौंँ । संघीय सरकारका सबै मन्त्री पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा (३) अन्तर्गत प्रधानमन्त्री नियुक्त गरेसँगै काम चलाउ सरकारका सबै मन्त्री पदमुक्त भएका हुन् ।

ओली तीन दिनअघि प्रतिनिधिसभामा विश्वासको मत हासिल गर्न नसक्दा पदमुक्त भएका थिए । त्यसयता उनकै नेतृत्वमा काम चलाउ सरकार रहे पनि बिहीबार राष्ट्रपतिले पुनः नियुक्त गरेपछि उनले तेस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् ।तर उनको नेतृत्वमा रहेको सरकारमा कसैलाई मन्त्री नियुक्त गरिएको छैन ।स्रोतका अनुसार शुक्रबार प्रधानमन्त्री ओलीले सपथ लिँदै मन्त्रिपरिषद विस्तार गर्नेछन् ।

प्रधानमन्त्रीमा नियुक्त भएका अ‍ोलीको शपथ ग्रहण शुक्रबार दिउँसो साढे २ बजे हुने श्रोतले जनाएको छ ।हुने स्रोतले जानकारी दियो ।गत सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएका प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका थिए । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि बहुमत जुटाउन तिन दिनको समय दिएकी थिइन् ।

तिन दिनको समयमा विपक्षी दलहरुले बहुमत जुटाउन नसक्दा केपी ओली नै संसदमा सबैभन्दा ठूलो दलको नेताका हैसियतले पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा पुनः नियुक् अध्यक्ष ओलीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभा बैठकमा बहुमत शिद्ध गर्नुपर्ने संवैधानिक प्रवधान छ ।

प्रमुख प्रतिपक्षी काँग्रेस,माओवादी केन्द्र र जसपाको एउटा खेमाले बहुमतीय सरकार गठनका लागि गरेको प्रयास असफल भएको थियो । जसपाको महन्थ ठाकुर खेमा चट्टानी अडानसहित ओलीतिर लागेपछि बहुमतीय सरकार बन्न सकेन ।विश्वासको मत सिद्ध गर्न नसके सरकार गठनको अर्को प्रक्रिया शुरु हुन्छ ।

त्यसपछि ७६ को उपधारा ५ को बाटो खुला हुन्छ । उपधारा ५ अनुसार सरकार गठन हुन नसके वा त्यस्तो सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिन नसके तत्काल बहाल रहेका प्रधानमन्त्रीले संसद विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here