२४ भाद्र, नेपालगञ्ज । वडा प्रहरी कार्यालय नेपालगञ्ज, बाँकेको कार्यालय प्रमुखको पदभार प्रहरी निरीक्षक अरुण बमले ग्रहण गरेका छन् ।
वडा प्रहरी कार्यालयमा आइतवार आयोजित कार्यक्रमका बीच एक वर्षको आफ्नो कार्यकाल सम्पन्न गरी सरुवा भई जान लागेका प्रहरी निरीक्षक हरि बहादुर बि.सी.लाई प्रहरी कर्मचारीहरुले मायाको चिनो प्रदान गरी आगामी कार्यकालको शुभकामना सहित बिदाई गरेका छन् भने सरुवा भई आएका प्रहरी निरीक्षक अरुण बमलाई स्वागत गरेका छन् ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौंको पत्रादेशानुसार वडा प्रहरी कार्यालय नेपालगञ्ज बाँकेको कार्यालय प्रमुखको रुपमा सरुवा भई प्रहरी निरीक्षक अरुण बम आएका हुन् ।
यस्तै प्रहरी निरीक्षक हरि बहादुर बि.सी. को सरुवा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर, सुर्खेतमा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here