१२ भाद्र, नेपालगञ्ज । कर्बलाका शहीदहरुको सम्झनामा मनाइने इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रमको ठिक ४० दिनपछि मनाइने चहल्लम पर्व बुधवार सम्पन्न भएको छ ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदका नाती हजरत इमाम हुसैन सहित उहाँका परिवार सदस्य आफन्त र उहाँका साथी लगायतकाहरुले शताब्दीयांै अघि ईराकको कर्बलामा शहादत प्राप्त गरेको स्मरणमा मोहर्रम पर्व मनाइने गरिन्छ ।
मोहर्रम पर्वको ठिक ४० दिनपछि चहल्लम पर्व मनाउने परम्परा रहेको छ ।
यस अवसरमा मंगलवार राती स्थापित गरिएका ताजियाहरु विभिन्न धार्मिक अनुष्ठानपछि बाजागाजा तथा विभिन्न झाँकीसहितको जुलुस तथा बुधवार फुल्टेक्राको कर्बला मैदानमा लगेर विसर्जन गरेपछि चहल्लम पर्व सम्पन्न भएको हो ।
ताजिया विसर्जनका लागि निस्केको हुसैनी जुलुसमा नगरभरि स्थापित गरिएका ताजिया सहित विभिन्न किसिमको झाँकी, लठ्ठी कला, आगोको कला तथा मातम प्रदर्शन गरिएको थियो ।
यसअघि मोहर्रमम पर्व मनाइसकिएको छ । मोहर्रम पर्व मुस्लिम समुदायका सुन्नी समुदाय नयाँ वर्षको अवसरमा खुशियालीका साथ मनाउने गर्छन् भने मुस्लिम समुदायका शियाहरु यसलाई दुःखको रुपमा मनाउने गरेका छन् ।
विश्व भरी नै विभिन्न तरिकाले मनाइने गरिएको मोहर्रम पर्व नेपालगञ्जमा पनि शताब्दीयौंदेखि मनाइँदै आएको छ ।
मोहर्रमम पर्वको ४० दिनपछि चहल्लम पर्व मनाउने गरिएको छ ।
चहल्लम पर्व शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन बाँके प्रशासनले सुरक्षाको कडा व्यवस्था मिलाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here