११ भाद्र, नेपालगञ्ज । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालद्वारा बाँकेको राप्तीसोनारी गाउँपालिकामा मनोसामाजिक प्रथम सहायता अभिमुखीकरण सम्पन्न गरिएको छ ।
तराईका जिल्लाहरूमा हुने भीषण वर्षा र स्थानिय जलमग्नता सम्बन्धी ऐन–२३ नेपाल प्रत्याशा परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको सहकार्य र यूके एड र स्टार्ट फण्ड नेपालको सहयोगमा राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ९ मा मनोसामाजिक प्रथम सहायता (पीएफए) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
सो अभिमुखीकरण कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, २, ४, ५ र ६ का जम्मा १७ जना स्वयंसेवकहरू (१४ महिला र ३ पुरुष) ले सहभागिता जनाई अभिमुखीकरण लिएका छन् ।
प्रशिक्षणले मनोसामाजिक प्रथम सहायताको आधारभूत सिद्धान्त र सिद्धान्तहरू, स्थिरीकरण विधिहरू र हस्तक्षेपका लागि लक्षित समूहहरूमा स्पष्टता प्रदान गरेको थियो ।
सो अभिमुखिकरण कार्यक्रममा बसन्त बीसीले सहजीकरण गरेका थिए भने बाँके युनेस्को क्लबका कर्मचारी नदीम शाह र अर्पित सिंह लगायतको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here