१० भाद्र, नेपालगञ्ज । धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगञ्ज १० किमी रात्रीदौड आयोजना गर्न लागिएको छ ।
नेपालगञ्ज रात्रीदौड आउँदो संविधान दिवस २०८१ असोज ३ गते बिहिबार राती हुनेछ । राती ९ बजे स्थानीय बीपीचोकबाट दौड सुरु हुनेछ । एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स)बाट प्रमाणीकरण रुटमा रात्रीकालीन दौड सञ्चालन गरिनेछ ।
नेपालगञ्ज म्याराथनको आयोजक क्रियटिभ ह्याण्डस्ले धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई भव्य बनाउन अन्य विभिन्न १० इभेन्टसँगै रात्रीदौड आयोजना गर्न लागेको जनाएको छ । धारा नेपालगञ्ज म्याराथनको १० औँ संस्करण आउँदो २२ मंसिर, २०८१ शनिबार हुने घोषणा भइसकेको छ । १ भदौंदेखि खेलाडी दर्तासमेत खुलिसकेको छ ।
पहिलोपटक आयोजना हुनलागेको हुँदा नाइट रनमा व्यवसायिक र कम्तिमा ५ किमी दौंडको अनुभव भएका धावक–धाविकालाई मात्र सहभागी गराइने आयोजकको तयारी छ । पुरुष, महिला र भेट्रानतर्फ स्पर्धा गराइने छ । १० किमी रात्रीदौडसँगै अन्यका लागि फन रनका रुपमा सहभागी गराइने छ । पुरुष र महिलातर्फका शीर्ष तीन जनालाई क्रमशः नगद २५ हजार, १५ हजार र दश हजार नगदले पुरस्कृत गरिनेछ । भेट्रानतर्फ १५ हजार, १० हजार र ५ हजार नगद प्रदान गरिनेछ । दर्ता मिति यही भदौ १५ गतेदेखि २० गतेसम्म राखिएको छ । रात्रीकालीन दौड भिन्दै प्रकृतिको भएको हुँदा आयोजकले बिशेष व्यवस्थापन, तयारी र सुरक्षा प्रबन्ध मिलाएको छ ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएकोमा यस वर्ष कर्णालीमा बृहत राष्ट्रिय खेलकुद् परेकाले तीन मंसिर २२ गते शनिवार हुन लागेको हो ।
दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य भई देशले शान्ति, विकास र समृद्धिको बाटोमायात्रा तय गरेको दिनको स्मरण गर्दै ५ मंसिरमा नेपालगञ्जको बीपीचोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगञ्ज म्याराथनले एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगञ्ज म्याराथनले नेपालकै छैठौं पुरानो सहर नेपालगञ्ज र उदीयमान सहर कोहलपुरलाई जोड्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here